६ आश्विन २०८१, आइतबार

जसपाको उपेन्द्र यादव पक्षद्वारा अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन

प्रकाशित मिति :  1 June, 2021 2:12 pm


काठमाडौं । सरकारको समर्थन र विरोधको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो ।

यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको बताउको छ ।



प्रतिक्रिया दिनुहोस !