८ मंसिर २०८१, शनिबार

कोरोना जितेपछि मदनकृष्णको सरकारलाई सुझाव, ’छिटो भ्याक्सिन बटुलेर जनताको ज्यान बचाउ’

प्रकाशित मिति :  1 June, 2021 5:04 pm


काठमाडौं । हास्य कलाकाल मदकृष्ण श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन् । पहिलो पटक निको भएर घर फर्केका उनी पुनः स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

अब भने पूर्ण रुपमा निको भएर घर फर्केका छन् । लामो समय अस्पतालको बसाइ बाट घर फर्केका उनले आफन्त र शुभचिन्तकसँग खुशी व्यक्त गरका छन् ।

फेसबुकमा लामो स्टाटस लेख्दै सबैलाई धन्यवाद दिएका छन् । लेख्छन्, “मलाई माया, शुभेक्षा र आशीर्वाद बर्षाउँदै, मेरो स्वास्थ्य प्रति चिन्ता व्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्श, डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा, मेरो हृदयदेखि कृतज्ञता ब्यक्त गर्दछु ।”

उनले अवस्पताल बसाइका अनुभवहरु लेखेका छन् । उलने सरकारलाई कोरोनालाई पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन लाग्न भनेका छन् ।

जनता नै नभइ कोमाथि शासन गर्ने? भन्दै व्यंग्य गरेका छन् ।  खाेपमा केन्द्रीत हुन सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

 

श्रेष्ठकाे स्टाटस जस्ताकाे तस्तैः

कृतज्ञता ज्ञापन :-
**************
मलाई माया, शुभेक्षा र आशिर्बाद बर्षाउँदै,मेरो स्वास्थ्य प्रति चिन्ता ब्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्श, डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा, मेरो हृदयदेखि कृतज्ञता ब्यक्त गर्दछु।

याहांहरुको आशिर्बाद लाग्यो मलाई।
याहांहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी बिषलाई मज्जाले पचाईयो ।

कोरोनाले मलाई पछार्न त नराम्रै संगै पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो्, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि।
बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया … ।
तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्बादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन।

पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कानसमातेर १० पल्ट उठ् बस गरेर
ह्वाँ… ह्वाँ … रुंदै मसंग क्षमा मागेर लुसुक्क भाग्यो… … ।

अब शरिरमा अलि अलि शिथीलता बाकि छ । त्यो पनि अलि अलि गर्दै कमकम हुँदैछ।

म पहिलो पटक ८ दिन, फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो.

डक्टरहरुले मलाई तपाईको शरिर अब एन्टिबडी बनीसकेको छ। अब तपाईको शरिरमा अरु कसैबाट पनि कोरोना भाईरस सर्दैन र तपाईँबाट पनि अरुलाई सर्दैन ।

एक प्रकारले भाय्कसिन लिईसकेको सरह नै भैसकेको छ भनेका छन।

तर म मेरो PCR रिपोर्ट नेगेटिभ आयो … भनेर सबैलाई सुनाउने ईच्छाले केहि नलेखी चुपचाप कुरीरहेको थिएँ ।

तर हिजो फेरि PCR test गराउँदा रिपोर्टले घरमा सबैको नेगेटिभ देखियो ।

मेरोमा अझै अलि पोजेटिभ बाँकि रहेको देखाएको छ।

डक्टरहरुको भनाई अनुसार मेरो शरिरमा भएका कोरोनाको भाईरसहरु सबै मरिसकेका छन ।

अब खालि ती मरेका भाईरसका लाशहरु मात्र बाकी छन। त्यो बाँकि हुन्जेल पनि मेशिनले पोजेटीभ नै देखाउँछ। त्यस्ले केहि फरक पर्दैन ,केहि दिन पछि त्यो पनि आफै जान्छ भनेकाछन ।
जे होस बाँचियो बा … !

कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यस्लाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला शायद|

यहाँहरु जस्तो मलाई औधि माया गर्नु हुने लाखौँ लाख शुभेक्षकहरुपनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा ।

यो कुरा मैले हजुरहरुलाई जानकारि दिनका लागि मात्र लेखेकोहुं ।
मनमा अझै पनि पूरा खुशी लागेको भने छैन।

देशमा अझै पनि कोरोना पिडीतहरु धेरै बाकि नै छन कतिपय अझ थपिंदै पनि छन ।
यस अबस्थामा देशको सबै भन्दा ठूलो समस्या भन्नु यहि कुलंगार कोरोना नै हुन ।

सरकारले पनि यस्लाई नै पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु ।
जनता नै भएन भने कस्लाई शासन गर्ने ? हैन त ??

सबैको जय होस ।
सबैको कल्याण होस।
कोरोनाबाट संसार चाँडै मुक्त होस ।
Respect U all
Love u all.
धन्यबाद
*** मदनकृष्ण श्रेष्ठ***



प्रतिक्रिया दिनुहोस !