७ माघ २०८१, सोमबार

सबै मिलेर कारोना रोकथाम तथा नियन्त्रण गर्नुपर्नेमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री श्रेष्ठको जोड

प्रकाशित मिति :  1 June, 2021 7:56 pm


अर्घाखाँची । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले आज अर्घाखाँची अस्पतालको अनुगमन गरेका छन् ।

अनुगमन पश्चात् जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कोभिड – १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा मन्त्री श्रेष्ठले मन, वचन र कर्मले जनताको सेवा गर्नुपर्ने बेला आएकोले सेवामा लाग्न सबैलाई अनुरोध गर्दै स्वास्थ्य संकट नियन्त्रण गर्न सबै लाग्नुपर्नेेमा जोड दिए ।

सरकारले अक्सिजन प्लान्ट निर्माण सबैको सहकार्य, सहयोग र साथले मात्रै सम्भव भएकोले कोरोना महामारीको युद्धमा विजयी प्राप्त गर्न पनि सबै मिलेर महामारीविरुद्ध लागि जसरी पनि मान्छे बचाउनेतिर लाग्नुपर्ने उल्लेख गरे ।

उनले स्थानीय सरकारलाई बजेट निर्माण गर्दा भौतिक सरचनालाई मात्रै होइन स्वास्थ्यलाई मध्यनजर गदै बजेट ल्याउनु पर्ने बताए । बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले विशेषगरी अर्घाखाँची जिल्लाको वर्तमान कोरोना विशेष स्वास्थ्य अवस्था, कोरोना नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयको समन्वयनमा चालेका गतिविधिको बारेमा जानकारी गराएका थिए ।

अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले अस्पतालले प्रदान गरेका कोरोना विशेष स्वास्थ्य सेवाको जानकारी गराउँदै भने,“जनताको स्वास्थ्य उपचार गर्नेतर्फ भरपुर प्रयास गरिरहेका छौँ । जनताको स्वास्थ्य उपचार गर्दागर्दै स्वास्थ्यकर्मी तथा चिकित्सक नै पटकपटक संक्रमित भयौं र निको भएपछि पुन सेवामा निरन्तर लागेका छौं ।”

अस्पतालमा कार्मचारी अभाव भएका कारण कार्यसम्पादन गर्न असजिलो भएको गौतम बताए ।

बैठकमा जिल्ला जनस्वास्थ्य अधिकृत पुष्पा थापा जिल्ला समन्वय अघिकृत सिर्जना भुसाल उद्योग बाणिज्य सघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, नेपाल रेडक्रस सोेसाइटीका अध्यक्ष कुशल भुसाल लगायतले आफ्नो धारणा राख्दै आआफ्नो तहबाट जनताको स्वास्थ्य उपचारार्थ लागेको र आगामी दिनमा जनताको स्वास्थ्य उपचारमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !