७ माघ २०८१, सोमबार

रोल्पा, रुकुम र प्यूठानलाई पयाक पर्ने गरी पिसिआर परीक्षण केन्द्र बनाउन सुझाव

प्रकाशित मिति :  2 June, 2021 8:41 am


प्यूठान । लुम्बिनी प्रदेशका स्वास्थ तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले प्यूठान अस्पतालको निरीक्षण गरेका छन् ।

लुम्बिनी प्रदेशको विभिन्न जिल्लाका अस्पतालको भ्रमणका क्रममा मन्त्री श्रेष्ठले हिजो प्यूठान अस्पतालको अनुगमन गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले उपचाररत कोरोना संक्रमित बिरामीहरूको स्वास्थ अवस्थाबारे जानकारी लिएका थिए ।

उनले कोरोना संक्रमणलाई ख्याल ख्याल नठान्न साथै स्वास्थ सुरक्षा अपनाउन सबैलाई आग्रह गरे । मन्त्री श्रेष्ठले लुम्बिनी प्रदेशमा स्वास्थ अनुसन्धान परिषदको टोली आएर काम सुरु गरिसकेको समेत जानकारी दिए ।

जिल्लास्थित डिसिसिएमसीको बैठकमा समेत सहभागी भएका मन्त्री श्रेष्ठले जिल्ला अस्पतालहरू साधन स्रोत विहीन हुँन पुगेको स्वीकारर्दै अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।

उनले अब प्रदेश सरकारले आफ्नो निति तथा कार्यक्रममा जिल्ला अस्पतालहरूको स्तरोन्नतीका तथा दक्ष जनशक्ति पहिलो प्राथमिकतामा राख्ने बताए । सरकारले अब अल्पकालीन रूपमा नभई दीर्घकालीन रूपमानै स्वास्थ क्षेत्रमा ध्यान पराउनुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल अध्यक्षता सम्पन्न बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैठकका प्यूठान जिल्ला अस्पतालका प्रमुख डा. नवीन दर्नालले रोल्पा, रुकुम र प्यूठानलाई पयाक पर्ने गरी पिसिआर परीक्षण केन्द्र बनाउँदा उपयुक्त हुने मन्त्री श्रेष्ठलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस !