१२ मंसिर २०८१, बुधबार

चिनियाँ खोप सिनोभ्याकलाई डब्ल्यूएचओले दियो आपतकालिन अनुमति

प्रकाशित मिति :  2 June, 2021 11:43 am


काठमाडौं । चीनमा बनेको अर्को एउटा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोपले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ ।

चिनियाँ फार्मा कम्पनी सिनोभ्याकले तयार गरेको खोपलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो। डब्ल्युएचओले यो खोप सुरक्षा र प्रभावका हिसाबले अन्तर्राष्ट्रिय स्तरमा सफल रहेको जनाएको छ।

डब्ल्यूएचओकी सहायक महानिर्देशक डा मरियान्जेला सिमाओ विश्वमा कोभिडविरुद्ध थुप्रै खोप आवश्यक रहेको बताइन्। ‘ता कि अहिले विश्वमा खोपको उपलब्धमा देखिएको असमानता हटाउन सकियोस’, उनले भनिन्।

चीनसहित संसारका धेरै ठाउँमा प्रयोग भइरहेको सिनोभ्याकलाई डब्लुएचओले अनुमति दिएपछि अब कोरोनाभाइरसविरूद्ध चीनका दुईटा खोप हुने भएका छन्।

यसअघि चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई डब्लुएचओले अनुमति दिइसकेको छ।सिनोभ्याक खोप अहिले चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ ठाउँमा प्रयोग भइरहेको छ।

“१८ वर्षभन्दा माथिका मानिसहरूका लागि यो खोपको दुई डोज दुईदेखि चार साताको अन्तरमा लगाउन सिफारिस गरिन्छ,’” डब्लुएचओले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस !