७ माघ २०८१, सोमबार

चितवनमा निषेधाज्ञामा कडाइ कायमै, जेठ २७ सम्म थपियो [आदेशसहित]

प्रकाशित मिति :  2 June, 2021 12:24 pm


चितवन । चितवनमा एक हप्ता निषेधाज्ञा थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज आदेश जारी गर्दै वैशाख १५ गतेदेखि जारी निषेधाज्ञा जेठ २७ गते राति १२ बजेसम्म थप गरिएको बताएका छन् । कोरोना संक्रमण तिब्र भएपछि चितवनमा पटक पटक निषेधाज्ञा थप गरिदै आएको छ ।

चितवनमा निषेधाज्ञामा काडाइ कायमै राखिएको छ । निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक कोहीपनि व्यक्ति घर बाहिर निस्कन तथा हिँडडुल गर्न पाइने छैन ।

औषधि खरिद वा उपचार र अत्यावश्यक उपभोग्य बस्तु खरिदजस्ता अत्यावश्यक काम परी निस्कनै पर्दा अनिवार्य रुपमा माास्क लगाउने, भौतिक दुरी कायम गर्ने तथा तोकिएका जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने निषेधाज्ञामा भनिएको छ ।

थप निषेधाज्ञाका लागि जारी गरिएको आदेश :



प्रतिक्रिया दिनुहोस !