कोरोना जित्न ५० अर्ब अमेरिकी डलर बराबरको स्वास्थ्य व्यापार तथा वित्तीय रोडम्याप
काठमाडौं । अर्थ वित्त व्यापार क्षेत्रका अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूले विश्वव्यापी महामारी कोरोनाको अन्त्य र विश्व अर्थतन्त्रको सुधारका सुनिश्चित गर्न विश्वभरिका सरकारका नेताहरूलाई असाधारण आह्वान गरेका छन् ।
उनीहरूले स्वास्थ्य , व्यापार र वित्तीय क्षेत्रका लागि नयाँ ५० अर्ब अमेरिकी अमेरिकी डलर बराबरको रोडम्याप सहितको सो आह्वान गरेका हुन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, डब्लुएचओ, डब्लुटीओले मुख्यरूपमा ५० अर्ब अमेरिकी डलर बराबरको लगानी गरी सन् २०२५सम्म विश्व अर्थतन्त्र ९० खर्ब अमेरिकी डलर बराबरको रूपमा विस्तार हुने जनाएका छन् ।
यो लगानीले उत्पादनमूलक क्षेत्रको क्षमता, आपूर्ति, व्यापार प्रवाह तथा कोरोनाका लागि निदान, अक्सिजन, उपचार , चिकित्सा आपूर्ति र खोपको समान वितरण गर्न सकिने संयुक्त आह्वानमा जनाइएको छ ।
अन्तर्राष्ट्रिय क्षेत्रका यी चार समूहहरूको यो आह्वान महामारीको बेला शक्तिशाली देशहरूको बैठक, जी ट्वेन्टीको स्वास्थ्य शिखर सम्मेलनका विषयहरूलाई समावेश गरी हुने विश्व स्वाथ्य महासभा हुने विन्दु सार्वजनिक भएको हो ।
उनीहरूले विकासशील देशलाई कोरोनाको खोप तत्काल उपलब्ध गराउनुपर्ने आवश्यता औंल्याएका छन् ।
वित्तीय, स्वास्थ्य तथा व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय नियोगहरूका प्रमुखहरूले सरकारका नेताहरूलाई ५० अर्ब अमेरिकी डलर बराबरको रोडम्याप अनुसार वित्तीय सहयोग उपलब्ध गराउन एकबद्ध भइ आह्वान गरे ।
यो रोडम्यापले स्वास्थ्य उपकरणको समान वितरणलाई द्रुतगतिमा अगाडि बढाउने र कोरोनाले ज्यान लिइरहेको अवस्थामा वैश्विकरूपमा स्वास्थ्य सुरक्षा अभिवृद्धि गराउने विश्वास दिलाइएको छ।
संयुक्त विज्ञप्तिमा सरकारहरूले यो रोडम्याप अनुसार ढिला नगरी वित्तीय सहयोग सुनिश्चित गर्नुपर्ने बताएका छन् । स्वास्थ्य संकटलाई समाप्त नपारी कुनै पनि सुधार सम्भव नहुने स्पस्ट भएको छ ।अन्तर्राष्ट्रिय मुद्रा कोषको व्याख्या अनुसार उत्पादन मूलक क्षेत्रको क्षमता, आपूर्ति, व्यापार प्रवाह र निदान, अक्सिजन, उपचार, स्वास्थ्य आपूर्ति तथा खोपको समान वितरणका लागि ५० अर्ब अमेरिकी डलर बराबरको लगानीलाई संयुक्त विज्ञप्तिले जोड दिएको छ ।
यो लगानीले विश्वभरिको आर्थिक वृद्धिलाई बलियो पार्ने छ । ५० अर्ब अमेरिकी डलर बराबरको लगानीले विकासशील देशमा द्रुतगतिले महामारी अन्त्य गर्ने, संक्रमण घटाउने र मृत्यु जोगाउने , आर्थिक सुधारलाई गतिदिने र सन् २०२५सम्म ९० खर्ब अमेरिकी डलर बराबरको थप वैश्विक उत्पादन गराउने विश्वास व्यक्त गरिएको छ ।
अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स र युरेसिया ग्रुप दुवैले यस्तै दृष्टिकोण प्रस्तुत गरेको उल्लेख गरिएको छ ।सापेक्षिकरूपमा सरकारहरूबाट हुने थोरै लगानीबाट राष्ट्रिय योजनालाई खर्बौको प्रोत्साहन प्राप्त हुनेछ ।
तर महत्वपूर्ण विषय भनेको वैश्विक खोप योजना असरदार हुनुपर्ने र खोपमा देखिएको खाडल पुर्नुपने आवश्यकता औंल्याइएको छ ।
बढी भन्दा बढी मानिसलाई खोप द्रुतगतिमा दिनुपर्ने भन्दै डब्लुएचओले कोभाक्सका साझेदारहरूलाई सन् २०२१को अन्त्यसम्म विश्वको तीस प्रतिशत जनसंख्यालाई खोप दिइसक्नुपर्ने लक्ष्य तय गर्न गरेको आह्वानलाई चार नियोगका प्रमुखहरूले पूरा गर्न माग गरेका छन् । तर यो अन्य सम्झौताका माध्यमबाट ४० प्रतिशतसम्म पुग्ने र सन् २०२२को पहिलो ६ मनिासम्म विश्वका ६० प्रतिशत जनसंख्यालाई खोप दिइसक्ने उनीहरूको विश्वास छ ।
सरकारहरूको लगानीले खबौंको छ । यसका लागि चार नियोगका प्रमुखहरूले सरकारलाई यो लगानी अवसरमा कार्य गरी खोप ,अक्सिजन, परीक्षण र उचारसम्बन्धी आपूर्ति बलियो पार्न जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, डब्लुएचओ र डब्लुटीओका नेताहरूले विश्व स्वास्थ्य महासभा, जी सेभनका र जी ट्वेन्टीका बैठकहरूका निष्कर्षका आधारमा वित्त मन्त्रीहरूको यो साता हुने सम्मेलनले विशेष ध्यान दिनुपर्ने गरी यो आह्वान गरेका हुन् ।
कोभ्याक्स कार्यक्रम अन्तर्गत विकासशील देशहरूमा खोप दिनुपर्ने अति आवश्यकता भएको जनाउँदै चार नेताहरूले सीमापार स्वतन्त्र व्यापारको सुनिश्चितता गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।