७ माघ २०८१, सोमबार

अछामको बयलपाटा अस्पताललाई एनआरएन अफ्रिकाको अक्सिजन सहयोग

प्रकाशित मिति :  2 June, 2021 1:49 pm


काठमाडौं । अछामको बयालपाटा अस्पताल लाई एनआरएनए अफ्रिकाको सहयोगमा थप १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।

एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत संघको र दाताहरूको तर्फबाट स्थानीय समाजसेवी, जिल्ला विकास समिति अछामका पूर्व सभापति, नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वारले १० थान अक्सिजन सिलिन्डर बयालपाटा अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकलाई आज हस्तान्तरण गरेका हुन् ।

यस अघि उक्त अस्पताललाई १० थान र जिल्ला अस्पताल मङ्गलसेनलाई २० थान गरि अछाममा ४० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको थियो ।

संघको यो अभियानले देशका ११ जिल्लाका २६ अस्पताल र स्वास्थ्य केन्द्रमा १२५ थान अक्सिजन सिलिन्डर (खरिद सहित ), १०२५ रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हरु गरि ३५ लाख भन्दा बढीको सहयोग अस्पताल र स्वास्थ्यकेन्द्रहरूमा हस्तान्तरण गरि सकेको छ ।

संघको अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरूले यो अभियानमा सहयोग पु¥याउने एनआरएनए अभियन्ता , सामाजसेवी संघ , संस्था र अभियन्ताहरू, धनगढी स्थित ह्युमानिटी फाउन्डेसन, युगान्डाको रुपारेलिया फाउन्डेसन लगायत सम्पूर्ण सहयोगी शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !