५ आश्विन २०८१, शनिबार

चीनको सहयोगमा पाकिस्तानले बनायो कोरोना विरुद्वको खोप

प्रकाशित मिति :  2 June, 2021 2:20 pm


काठमाडौं । पाकिस्तानले चीनको सहयोगमा कोरोना विरुद्वको खोप बनाएको छ । आज सार्वजनिक गरिएको खोपको नाम ‘पाकभ्याक’ राखिएको छ ।

पाकिस्तानका केन्द्रीय योजना मन्त्री असद उमरले आजको दिन पाकिस्तानका लागि निकै महत्वपूर्ण रहेको भन्दै यो खोप कुनै क्रान्ति भन्दा कम नभएको बताएका छन् ।

उनले पाकिस्तानको स्वास्थ्य टिमको साथै चिनको सहयोगका लागि समेत आभार व्यक्त गरेका छन् । मन्त्री असदका अनुसार अहिलेपनि पाकिस्तानमा पश्चिमी मुलुकमा बनेको खोपभन्दा चीनमा बनेको कोरोना विरुद्वको खोप सिनोफर्म नै बढी विश्वास व्यक्त गर्छन् ।

पाकिस्तानका प्रधानमन्त्री विशेष सहायक डाक्टर फैसल सुल्तानले भनेका छन् कि कठिन चुनौतीकालाई आफ्ना साथीहरुको सहयोगले अवसरमा बदल्ने प्रयास भइरहेको बताएका छन् ।

सुल्तानले कोभिड-१९ को सामना गर्न चीन सबैभन्दा नजिक रहेको बताएका बीबीसी हिन्दीले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !