नेप्से ५५ अंकले बढ्दा १३ कम्पनीको सेयर मूल्य सकरात्मक सर्किट लेबलमा
काठमाडौं । दुईदिन यता घटेको सेयरबजार आज भने पुनः लयमा फर्किएको छ । आज बजार खुलेसँगै बढेको नेप्से परिसूचक बजार बन्द हुने बेलामा ५५.७६ अंकले बढेर २८२७.१२ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ७.८३ अंकले बढेर ५०५.१५ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी एउटा उपसमूहको सेयर घटेको छ ।
आज सबैभन्दा धेरै निर्जिवन विमा कम्पनी समुहको सेयर सबैभन्दा धेरै ४७९.११ अंकले बढेको छ भने म्युचुअल फण्ड ०.०२ प्रतिशत अंकले घटेको छ ।
नेप्सेमा आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने १३ वटा कम्पनीको मूल्य सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।सानिमा माई हाइड्रोपावर र राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।
त्यसैगरी, मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरै वृद्धि भएको छ ।
कारोबारका आधारमा बुधबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले एक अर्ब ३७ करोड ८७ लाख, ९० हजार रुपैयाँ बराबरको कारोबार गरेको हो ।
आज नेप्सेमा कूल २१९ वटा कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।