७ माघ २०८१, सोमबार

काठमाडौंमा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बियो,अत्यावश्यक सेवा सञ्चालनको समय हेरफेर

प्रकाशित मिति :  2 June, 2021 4:42 pm


काठमाडौं । काठमाडौंमा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ ।

अत्यावश्यक खाद्य सामग्री तथा अन्यको हकमा केही खुकुलो बनाउँदै निषेधाज्ञा थप गरिएको हो । प्रमुख जिल्ला अधिकार कालीप्रसाद पराजुलीले जारी गरेको आदेशमा तरकारी,फलफूल,खाद्यान्न,दूध डेरी,मासु, खानेपानी,ग्यास पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर(ग्रोसरी मात्र) बिहान ९ बजेसम्म खुल्ला गर्ने भनिएको छ ।

त्यस्तै स्थानीय ढुवानीको हकमा राती ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न दिने आदेशमा उल्लेख छ ।

त्यस्तै सवारी साधन मर्मतका लागि वर्कशपहरू राति ९ बजेदेखि बिहान ९ बजेसम्म खुल्ला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेश :

 



प्रतिक्रिया दिनुहोस !