१३ मंसिर २०८१, बिहिबार

रुडास नेपालद्वारा सुनछहरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

प्रकाशित मिति :  2 June, 2021 5:38 pm


रोल्पा । ग्रामीण बिकास तथा चेतना समाज (रुदास) नेपालले सुनछहरी गाउँपालिकालाई कोरोना भाइरस रोकथामको लागि आधारभूत स्वास्थ्य सम्बन्धि सहयोग सामाग्रीहरु हस्तान्तरण गरेको छ।

सुनछहरी गाउँपालिकाको कार्यालयमा गाउँपालिका उपाध्यक्ष पबित्रा घर्ती र प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनलाई संस्थाका प्रतिनिधि एवं पालिका पोषण सहजकर्ता निराज पुनले सामाग्री हस्तान्तर गरेका हुन् ।

महिला स्वास्थ्य स्वयंसेवीकाहरुले घरभेट परामर्श गर्दा तथा स्वास्थ्य संस्थामा जादा प्रयोग गर्नको लागी मास्क प्रति व्क्ति ५० वटा र स्वास्थ्य संस्थाका कर्मचारीहरुलाइ प्रति व्यक्ति ५० वटा नै पुग्ने गरि ५ हजार १ सय ५० वटा मास्क र एक सय मिलिको गाउँपालिका भरिका ५३ वटा महिला स्वयंसेवीकाहरुको लागि ५३ वटा सेनिटाजर र गाउँपालिका भरिका ६ वटा स्वास्थ्य संस्थाको लागि ५ सय मिलिको ६ वटा सेनिटाइजर हस्तान्तरण गरिएको सहजकर्ता पुनले बताए।

साथै गाउँपालिका स्वास्थ्य शाखाको लागि ४ सेट पिपिई पनि हस्तान्तरण गरिएको सहजकर्ता पुनले बताए।



प्रतिक्रिया दिनुहोस !