७ माघ २०८१, सोमबार

जुम्लामा एनआरएनए अफ्रिकाको अक्सिजन सिलिण्डर सहयोग

प्रकाशित मिति :  3 June, 2021 8:41 am


काठमाडौं । एनआरएनए अफ्रिकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, शिक्षण अस्पताललाई ७० लिटरका दश थान सिलिण्डरल सहयोग गरेको छ ।

उक्त सिलिण्डर शिक्षण अस्पतालका निर्देशक डा. राजीव शाहलाई एनआएएनए अफ्रिकाको तर्फबाट नेपाली सेना श्री नम्बर २४ अड्डा बाहिनीका बाहिनीपति सहायक रथी यमबहादुर सापकोटाले हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण गर्दै बाहिनीपति सापकोटाले १० थान थप सिलिन्डर आउने क्रममा रहेको बताए । उनले कर्णालीको दुर्गम क्षेत्रका नागरिकलाई सहयोग गरेकोमा अफ्रिकाका सबै नेपाली , एनआरएनए र रुपारेलिया फाउन्डेसनलाई आभार व्यक्त गरे ।

जुम्ला पुगेको पुगेको एनआरएनएको यो पहिलो राहत हो ।

यसका लागि आर्थिक सहयोग रुपारेलिया फाउन्डेसन युगान्डाले गरेको छ । साथै फ्रान्सबाट पत्रकार अनुराधा पौडेल , एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र युगान्डाका पुर्व अध्यक्ष रमेश कंडेलको थप सहयोग गरेका छन् ।

सहयोगको संयोजन अफ्रिकाका एनआरएनएका सबै राष्ट्रिय समिति का लागि एनआरएनए एनसीसी युगान्डा र स्थानीय व्यवस्थापन सहयोग नेपाली सेना २४ नम्बर अड्डा बाहिनीले गरेको थियो ।

अस्पतालका निर्देशक डा . शाहले यी सिलिन्डरले कर्णालीका बिरामीलाई निकै राहत पुग्ने बताए । अब अस्पताल सङ्ग २१० सिलिन्डर हुने र एउटा सिलिन्डर जुम्ला आइपुग्दा ३० हजार रुपैयाँ पर्ने बताए । उनले अफ्रिकाका एनआरएनलाई धन्यवाद दिदै अस्पताललाई अझै थप सिलिन्डर र स्वास्थ्य उपकरणहरु आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !