डब्लूएचओले भन्यो- कोभिडको नेपाल भेरियन्टबारे जानकारी छैन
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ (सार्स-कोभ-२) को नेपाल भेरियन्टबारे जानकारी नभएको बताएको छ । बेलायती पत्रिका डेली मेलले नेपाल भेरियन्टले हाम्रो विदामाथि जोखिम सिर्जना गर्यो भनेर मुख्य समाचार प्रकासित गरेलगत्तै डब्लूएचओले नेपाली भेरियन्ट नभएको बताएको हो ।
डब्लूएचओ नेपालले ट्वीटमार्फत, कोभिडका अल्फा, डेल्टा र कप्पा गरि तीन भेरियन्ट फैलिएकोमा नेपालमा फैलिएको डेल्टा भेरियन्ट भएको बताएको हो ।
“नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट Delta (B.1.617.2) हो,”डब्लूएचओ नेपालले भनेको छ।
WHO is not aware of any new variant of SARS-CoV-2 being detected in Nepal. The 3⃣confirmed variants in circulation are: Alpha (B.1.1.7), Delta (B.1.617.2) and Kappa (B.1.617.1). The predominant variant currently in circulation in Nepal is Delta (B.1.617.2).@mohpnep @PandavRajesh
— WHO Nepal (@WHONepal) June 3, 2021
डेली मेलको समाचार