७ माघ २०८१, सोमबार

दाङमा टिप्पर सञ्चालनको पुरानै नियम, बिहान ८ देखि बेलुकी ६ बजेसम्म चल्न नपाउने

प्रकाशित मिति :  3 June, 2021 2:22 pm


दाङ । दाङमा ढुंगा,गिट्टी र बाुलवा(नदिजन्य पदार्थ) ढुवानीको समय फेरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरेर ढुंगा,गिट्टी र बालुवा ढुवानीको समय फेरिएको जानकारी दिएको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा स्थानीय तहको अनुमतिमा बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्मको समय तोकेको थियो ।

त्यस्तै चुनढुंगा ढुवानीका लागि होलेरीतर्फ बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म र बंगलाचुली तर्फ बेलुकी ६ बजेदेखि राती १२ बजेसम्मको समय तोको थियो । प्रशासनले दिउँसै ढुवानी गर्न दिएकोमा विरोध भएको थियो ।

उच्च अदालत तुलसीपुरमा परेको रिटमा सुनुवाई गर्दै ढुवानीको पुरानै समय तोकिएको जिल्ला प्राशासन कार्यालयले जनाएको छ । अदालतको आदेश अनुसार अब चुनढुंगा तथा नदीजन्य पदार्थ बोकेका गाडी नदीजन्य पदार्थ व्यवस्थापन कार्याविधि,२०७५ १३(१) (ङ) अनुसार सञ्चालनमा आउने छन् ।

उत्त व्यवस्था अनुसार शहर वा बजार क्षेत्रमा नदीजन्य पदार्थ बोकेका सवारी साधन विहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन नपाईने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !