६ आश्विन २०८१, आइतबार

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त

प्रकाशित मिति :  3 June, 2021 2:42 pm


कास्की । राष्ट्रिय जनमोर्चा (राजमो)गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ ।

जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले थापालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेअनुसार सभामुखले बैठकमा कारबाहीसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

दलको निर्देशन उल्लंघन गरी गण्डकी प्रदेश सरकारको पक्षमा उभिएका थिए । थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगर्दा नै गण्डकीमा एमालेको सरकार जोगिएको थियो ।

थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि विपक्षी गठवन्धनको बहुमत नपुग्दा प्रदेश प्रमुख सीता पौडेलले संसद्मा सहभागी सबैभन्दा ठूलो दलको हैसियतले एमालेका दलका नेता पृथ्वी सुब्बा गुरुङलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

राजमोले यसअघि थापालाई आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन समेत गरेको थियो ।
थापा २०७४ को निर्वाचनमा बागलुङ निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !