६ आश्विन २०८१, आइतबार

नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

प्रकाशित मिति :  3 June, 2021 2:53 pm


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। नेपाल पक्षले केन्द्रीय समिति बैठक सुरु गरेपछि एमालेले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरेको हो ।

यसअघि बुधवारको बैठक बिहीबारसम्मलाई स्थगित भएको थियो। पछिल्लो समय नेपाल पक्षका केही नेताहरु पार्टी एकता कायम राख्ने विषयमा छलफल गरिरहेका समाचारहरु सार्वजनिक भएका छन् । तर यसबारे ठोस प्रगति सार्वजनिक भएको छैन ।

नेपाल पक्ष र ओली पक्षका केही नेताहरु छलफलमा बसिरहेको भनिएका बेला नेपाल पक्षले केन्द्रीय समिति बैठक बोलाएपछि थप अन्योलता छाएको छ ।

बैठक आज अपरान्ह ४ बजेका लागि तोकिएको थियो। यसअघि आज बिहान मात्रै विज्ञप्ति जारी गर्दै एमालेले पार्टीले कारबाही गरिसकेका व्यक्तिले बोलाएको अनधिकृत बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई चेतावनीसमेत दिएको थियो।



प्रतिक्रिया दिनुहोस !