७ माघ २०८१, सोमबार

रोल्पामा लम्बियो निषेधाज्ञा,अत्यावश्यकीय खाद्य बस्तुका पसल बिहान ३ घण्टा खुल्ला [आदेशसहित]

प्रकाशित मिति :  3 June, 2021 3:49 pm


रोल्पा । रोल्पामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेज्ञाज्ञा लम्बाइएको छ ।

यसअघि जारी निषेधाज्ञा जेठ ३१ सम्म थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय रोल्पाले आज जारी गरेको आदेशमा खाद्य सामग्री,तरकारी,फलफूल,दुग्धजन्य पदार्थका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

स्वास्थ्य सामाग्री र औषधी पसल २४ घण्टा खुल्ला राख्न पाइने छ । त्यस्तै अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका अन्य सम्पूर्ण सरकारी, अर्थसरकारी,गैरसरकारी संघसंस्थाका कार्यालयहरुले प्रदान गर्ने सार्वजनिक सेवा हाललाई स्थगित गर्ने र आन्तरिक कार्य मात्र गर्ने गराउने भनिएको छ ।

बैंकिङ क्षेत्र सेवा सञ्चालन न्यूनतम कर्मचारीको उपस्थितिमा बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्नुपर्ने आदेशमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय रोल्पाले सार्वजनिक गरेको निषेधाज्ञा सम्बन्धी आदेश :



प्रतिक्रिया दिनुहोस !