७ माघ २०८१, सोमबार

गिट्टी बालुवा निकासी गर्ने संघीय सरकारको निर्णयप्रति प्रदेश २ सरकारको आपत्ति

प्रकाशित मिति :  3 June, 2021 4:49 pm


काठमाडौं । खानीजन्य ढुँगा,गिट्टी,बालुवा निकासी गरि व्यापार घाटा न्यूनिकरण गरिने भन्ने संघीय सरकारको बजेट भाषणामा उल्लेखित व्यवस्थाको प्रदेश २ सरकारले आपत्ति जनाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गर्दै प्रदेश २ सरकारको गम्भीर ध्याकर्षण भएको जनाएका हुन् । मुख्यमन्त्री रावतले प्रदेश २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड उक्त प्रदेशको रक्षा कवज संघीय सरकारको निर्णयले ठूलो क्षति पुग्ने बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्,“चुरे क्षेत्रको माटो एकदमी कमजोर छ । कमजोर भू बनौटका कारण यहाँको ढुंगा,गिटी निकालियो भने नदीको बहाव तीव्र हुने र तीब्र बहावले बगाएर ल्याउने बालुवा मधेशमा थुप्रिदै जाने प्राय : निश्चित छ ।

चुरे क्षेत्र बालुवा गिट्टीको सेत मात्र नभई प्राकृतिक सम्पदामा समेत धनी छ । यहाँको प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकोले चुरे दोहनले यी सबै प्राकृतिक सम्पदाले आफ्नो वासस्थान गुमाउने निश्चित छ ।”

नेपाल सरकारको यो निर्णय अदुरदर्शी भएको राउतले उल्लेख गरेका छन् । उनले भनेका छन्,“ ढुंगा,गिटी,बालुवा उत्खनन, गर्ने योजनाले देशकै अन्न भण्डारको रुपमा रहेको प्रदेश नं. २ को सम्पूर्ण भू–भाग मरुभूमिकरण भइ शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित छ । ”

नेपाल सरकारले उक्त बजेट वक्तव्य नचल्याए र यस्तो कार्य नारोकिए चुरे संरक्षण र प्राक्रितिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिने उनले चेतावनी समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !