६ आश्विन २०८१, आइतबार

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई स्पष्टिकरण सोध्यो

प्रकाशित मिति :  4 June, 2021 2:52 pm


काठमाडौं । पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेको भन्दै नेकपा एमालेले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शाहलाई शाहलाई ४८ घण्टे सोधेनको एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गर्दासमेत प्रदेश संसदीय दलले पार्टीको निर्देशन विपरीत निर्णय गरी अघि बढेको जनाई कारबाही प्रक्रिया थालेको हो ।

एमाले केन्द्रीय सदस्य शाहलाई अध्यक्ष ओलीले एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधानसमेतका आधारमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन निष्काशन नगर्ने भनी चित्तबुझ्दो जवाफ माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनी सोधेका छन् । त्यस्तै शाहलाई गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोप पनि लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस !