१ मंसिर २०८१, शनिबार

बुद्ध एयरद्वारा एटीआर–७२ जहाजबाट तुम्लिङटारमा परीक्षण उडान

प्रकाशित मिति :  4 June, 2021 3:14 pm


काठमाडौं । बुद्ध एयरले एटीआर-७२ जहाजबाट तुम्लिङटारमा परीक्षण उडान गरेको छ ।

एटीआर–७२ जहाजबाट काठमाडौं–तुम्लिङटार परीक्षण उडान गरेको हो ।

परीक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी भोलाप्रसाद गुरागाई, डेपुटी डाइरेक्टर जनरल, क्याप्टेन दधिराम निरौला, इन्सपेक्टर, फ्लाइट अपरेशनलगायत बुध्द एयरका अपरेशन तथा टेक्निकल टिमका अधिकारीहरु सहभागि थिए ।

परीक्षण उडानपछि बुद्ध एयरले एटीआर-७२ जहाजको सञ्चालन खर्च कम हुने र यात्रु पनि बढी बोक्ने हुँदा हवाई भाडा अझ सहज र सरल हुने विश्वास व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !