६ आश्विन २०८१, आइतबार

पार्टीले सांसदबाट हटाएपछि राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा सर्वोच्च अदालतमा

प्रकाशित मिति :  4 June, 2021 3:22 pm


काठमाडौं । पार्टीले सांसदबाट हटाएपछि राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन् ।

उनलाई हिजो जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएपछि आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । आफूलाई प्रक्रिया नपुर्‍याएर अवैधानिक ढंगले कारबाही गरेको थापाको दाबी छ ।

थापाले दायर गरेको रिटमा आइतबारका लागि पेशी तोकिएको छ । पार्टीको निर्णय विपरित थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई समर्थन गरेपपछि पार्टी सांसद पदबाट हटाएको थियो ।

जनमोर्चाले नेपाली कांग्रेसलगायत विपक्षी दलसँग गठबन्धन गरी कांग्रेस नेतृत्वमा गण्डकीमा सरकार बनाउन चाहेपनि थापाले साथ नदिएपछि प्रयास विफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !