कोरोनाको तेश्रो र चौथो लहर आउन सक्छ २० प्रतिशत शैया छुट्टाउनु : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेश्रो तथा चौथो लहर आउने सक्ने बताएको छ ।
आज विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको दोस्रो लहर जस्तै तेश्रो र चौथो लहर आउन सक्ने र बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने आँकलन गरेको हो ।
मन्त्रालयले तेस्रो र चौथो लहरका लागि आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न सबै सरकारी,निजी,सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ । मन्त्रालयले कोरोना संक्रमणको दोस्रो लहर काबुभित्र रहेको समेत उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,“ कोभिड १९ को प्रथम लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोश्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउदा सबैको अथक मेहनत र प्रयासले अवस्था काबुभित्रै रहन पुगेको छ । प्रथम र दोश्रो लहरले अत्याधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धि तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ ।”