६ आश्विन २०८१, आइतबार

विप्लव नेतृत्वको नेकपा अर्घाखाँचीद्वारा जनश्रमदान अभियान सञ्चालन

प्रकाशित मिति :  4 June, 2021 5:23 pm


अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले जनश्रमदान सञ्चालन गरेको छ ।

नेकपा अर्घाखाँचीका जिल्ला सेक्रेटरी खेम घर्तीमगरसहितका नेता कार्यकर्ता भुमिकास्थान नगरपालिकामा जनश्रमदानमा खटिएका छन् ।

सेक्रेटरी घर्तीले जनश्रमदान गर्ने पार्टीको नीति अनुसार जनताको घरमा अहिले मकै खन्ने, कोभिड १९ को संक्रमण रोकथामका लागि जनचेतना अभियान चलाउने लगायतको काम गरिरहेको बताए । विप्लव नेतृत्व नेकपाका कार्यकर्ताहरु भुमिकास्थान नगरपालिका वडा नं. ३ राईखन्नेमा जनश्रमदान सञ्चालन गरिरहेका छन् ।

यो अभियान जेठ २८ गतेसम्म चल्ने सेक्रेटरी घर्तीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !