६ आश्विन २०८१, आइतबार

मन्त्रिपरिषदमा व्यापक हेरफेर, नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

प्रकाशित मिति :  4 June, 2021 9:26 pm


काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागि भएपछि प्रधानमन्त्री ओलीले नयाँ मन्त्री थपसँगै अन्यको पनि जिम्मेवारी हेरफेर गरेका छन् भने कतिपयलाई हटाएका छन् ।

प्रधानमन्त्री ओलीले उद्योगबाणिज्य तथा आपूर्ति,कृषि तथा पशुपन्छी विकास, गृह, रक्षा, वन तथा वातावरण, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि आफैले राखेका छन् । भने विष्णु पौडेल अर्थसहित उपप्रधानमन्त्रीमा बढुवा भएका छन् ।

पौडेलपछि एमालेकै रघुवीर महासेठ उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बनेका छन् ।  जनता समाजवादी पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेको राजेन्द्र महतो तेस्रो वरियताका उपप्रधानमन्त्रीसहित  शहरी विकास मन्त्री भएका छन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली वर्तमान मन्त्रिपरिषदबाट बाहिरिएका छन् ।

ह्रदयश त्रिपाठीको ठाँउमा शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बनेका छन् भने कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्रीका रुपमा र वसन्तकुमार नेम्वाङ मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रुपमा कायमै छन् । कृषि तथा पशुपंक्ष विकासमन्त्री पद्मा कुमारी आर्यालपनि वर्तमान मन्त्रीपरिषबाट बाहिरिएकी छन् ।

लीलानाथ श्रेष्ठ मन्त्री, कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा कायमै छन् ।

जनता समाजवादी पार्टीबाट सहभागि शरतसिंह भण्डारी उर्जा, अनिल झा खानेपानी तथा सरसफाई, विमल श्रीवास्तव श्रम तथा रोजगार,उमाशंकर अरगरिया  संस्कृतिपर्यटन तथा नागरिक उड्डयन, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था,चन्दा चौधरी महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री बनेका छन् भने चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री र रेणुका गुरुङ  महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्य मन्त्री बनेकी छन् ।

यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकाल, सञ्चारमन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे वर्तमान मन्त्रीपरिषबाट विदा भएका छन् ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोपनि विदा भएका छन् ।

स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि मन्त्रिपरिषद्बाट बाहिरिएका छन् । आफूलाई सत्तामा टिकाउन भूमिका निर्वाह गरेको जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई प्रधानमन्त्री ओलीले सरकारमा भित्राएका हुन् ।



प्रतिक्रिया दिनुहोस !