नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेलको निर्णय: रोल्पा र सल्यान अस्पताललाई रु.२ करोड ३०
काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियू जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गरेका छन् ।
आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले सल्यान अस्पताललाई १ करोड ५५ लाख रुपैयाँ र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ बजेट बिनियोजन स्वीकृतका लागि हस्ताक्षर गरेका हुन् । हिजो मात्रै स्वास्थ्य मन्त्रालयले सल्यान र रोल्पा अस्पतालका लागि बजेट सुनिश्चित गर्न सिफारिस गरेको थियो ।
पदबहालीपछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ लगाउने बताए ।
उनले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पुरा गर्ने बताए ।
आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने पौडेलको भनाई थियो ।