एमाले निकट इन्जिनियर्स संगठन लुम्बिनीका उपाध्यक्ष किशोरी दुव्र्यवहारको आरोपमा पक्राउ
रोल्पा । किशोरीलाई दुव्र्यवहार गरेको आरोपमा नेकपा एमाले निकट प्रगतिशील इन्जिनियर्स एसोसियसनका लुम्बिनी प्रदेश उपाध्यक्ष पक्राउ परेका छन् ।
सार्वजनिक धारामा नुहाउँदै गरेकी एक किशोरीलाई दुव्र्यवहार गरेको आरोपमा दाङको लमही घर भइ हाल रोल्पाको रून्टीगढी गाउँपालिकामा कार्यरत ३६ वर्षीय ईन्जिनियर शेषमणी पौडेल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले पीडित किशोरीको लिखित जाहेरीका आधारमा इन्जिनियर पौडेललाई हिजो पक्राउ गरिएको जानकारी दिए । उनले कोरोना पोजटिभ भएर होम आइसोलेसनमा बसिरहेकी युवतीले सार्वजनिक धारामा नुहाइरहेका बेला दुव्र्यवहार गरेको आरोप लागेको छ ।
रोल्पाका प्रहरी प्रमुख डिएसपी सुवेदीले भने,“कोरोना पोजेटिभ भइ होम आइसोलेसनमा बस्नुभएको किशोरी सार्वजनिक धारामा नुहाँउदै गरेको अवस्थामा निज इन्जिनियरले गलत हर्कत गरेको र गलत हर्कत गरेर अभद्र व्यवहार गरका कारणले उनलाई पक्राउ गरिएको हो । किशोरीकै उजुरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ ।”
इन्जिनियर पौडेललाई जर्बजस्ति करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको डिएसपी सुवेदीले जानकारी दिए ।
पौडेल इन्जिनियर्स एसोसियसनको चुनावमा लुम्बिनी प्रदेशको कोषाध्यक्षमा समेत उमेद्वार थिए । तर कोरोना महामारीका कारण अधिवेशन स्थगित भएको थियो ।