५ आश्विन २०८१, शनिबार

भारतमा लकडाउन खुकुलो बनाउन सुरु, मेट्रो रेल सेवा सञ्चालन गर्ने दिल्ली सरकारको घोषणा

प्रकाशित मिति :  5 June, 2021 1:06 pm


काठमाडौं । भारतमा कोरोना संक्रमण घटेसँगै लकडाउन खुकुलो बनाउन सुरु गरिएको छ । दिल्ली सरकारले विस्तारै लकडाउन खुकुलो बनाउन सुरु गरेको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अब जोड बिजोर सुत्र अनुसार बजार खोल्ने योजना अघि सारेका छन् । उनले कोरोना संक्रमण निकै नियन्त्रणमा आइसकेको भन्दै मेट्रो सञ्चालन गर्ने समेत घोषणा गरेका छन् ।

यसअघि जारी लकडाउन सोमबार ५ बजेसम्म खुल्ला हुने भएपनि विस्तारै खुकुलो बनाउन थालिएको भारतीय सञ्चार माध्यमले जनाएका   छन् ।

दिल्लीमा मल तथा बजार जोरबिजोर शैलीमा खुल्न सुरु गरेका छन् । सरकारी कार्यालय पूर्ण रुपमा खोल्ने तयारी छ भने निजी कार्यालयपनि ५० प्रतिशत जनशक्तिमार्फत सञ्चालन गर्न सक्नेछन् । मुख्यमन्त्री केजरीवालले सुरुमा ५० प्रतिशत क्षमतामा ट्रेन सञ्चालन हुनेछन् ।

पहिलो हप्ताको अवस्था हेरेर दोस्रो हप्तामा थप निर्णय हुने छ । दिल्लीमा कोरोना संक्रमणको तेस्रो लहरको समेत आकलन गरिएको छ । दिल्ली सरकारले प्रतिदिन ३७ हजार प्रतिदिन संक्रमण हुन सक्ने आँकलन गरेर दिल्ली सरकारले तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !