७ माघ २०८१, सोमबार

वीरगंज उपमहानगरपालिकाद्वारा विद्यालय खोल्ने निर्णय

प्रकाशित मिति :  5 June, 2021 2:36 pm


काठमाडौं । वीरगंज उपमहानगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले आज सूचना जारी गर्दै असार १ गतेदेखि क्रमिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

पहिलो चरणमा कक्षा ८ देखि १२ कक्षासम्म विद्यालय सञ्चालन गराउन उपमहानगरपालिकाले सूचना जारी गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि देशै भरका विद्यालय बन्द गरिएको थियो ।

अहिलेपनि देशभरका विद्यालय बन्दछन् । कोरोना संक्रमणको दर कम हुँदै गएपछि वीरगञ्ज महानगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको हो । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न अभिभावकहरुको लिखित सहमति भने चाहिने छ ।

उपमहानगरपालिकाले निकालेको सूचना :

 



प्रतिक्रिया दिनुहोस !