७ माघ २०८१, सोमबार

अष्ट्रेलियाबाट १८ लाख अष्ट्रेलियाली डलर बराबरको अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग

प्रकाशित मिति :  5 June, 2021 4:55 pm


काठमाडौं । अष्ट्रेलिया सरकारले कोरोना संक्रमण विरुद्ध लड्नका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

अष्ट्रेलिया सरकारले कोभिड–१९ माहामारी विरुद्द अग्रपंक्तिमा कार्यरत व्यक्तिहरूलाई अत्यावस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको हो ।

अष्ट्रेलियाली वायुसेनाको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ल्याईएका उक्त सामाग्रीहरू नेपालका लागि अष्ट्रेलियली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा लाई हस्तान्तरण गरिन् ।

उक्त सामाग्रीहरु हस्तान्तरण गर्दै राजदूत वोल्कले भनिन् , “दक्षिण एसियाका मित्रहरुलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रीय कार्य स्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामाग्री ल्याईएको हो । नेपाली सेनाले अग्रपंक्तिमा रहेर देशभर समुदायमा पुराएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आईसोलेसन केन्द्रहरु र शव ब्यवस्थापन स्थलहरुमा प्रयोग गर्न उक्त सामाग्रीहरु प्रदान गरिएको हो ।”

उनले अष्ट्रेलिया र नेपालको लामो समयदेखि बिपद्का समयमा सहकार्य गर्ने ईतिहास रहेको भन्दै आजको यो सहयोगले नेपालीहरूप्रति अष्ट्रेलियालीहरूको सद्भाव प्रदर्शन गरेको उल्लेख भनिन् ।

१८ लाख अष्ट्रेलियाली डलर मूल्यका सामाग्रीहरु नेपाली सेनाको अनुरोध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको सर्जीकल मास्क, फेश शील्ड र पञ्जाहरू रहेका छन् ।

यो सहयोग नेपालमा कार्यरत गैह्रसरकारी संस्थाहरु मार्फत अस्पतालहरुका लागि अक्सिजन र स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरु लाई प्रदान गरिने तालीमाका लागि गत मे २१ मा घोषित ७० लाख अष्ट्रेलियाली डलर बाहेकको थप सहयोग हो ।

अष्ट्रेलियाली सरकारले कोभ्याक्सको माध्यमबाट नेपाललाई कोभिड–१९ बिरुद्दको सुरक्षित र प्रभावकारी खोप ब्यवस्थापन गर्न सहयोग जारी रहने उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !