अर्घाखाँचीका २ जना कोरोना संक्रमितको मृत्यु, १२ जनामा थप संक्रमणको पुष्टि
प्रकाशित मिति : 5 June, 2021 7:53 pm
अर्घाखाँची । अर्घाखाँचीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमित थपिदा २ जनाको ज्यान गएको हो ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका ३ का ६५ वर्षीय पुरुषको अर्घाखाँची अस्पतालमा र सन्धिखर्क नगरपालिका १२ का ६५ वर्षीय पुरुषको भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।
नयाँ थपिएका संक्रमित मध्य सन्धिखर्क नगरपालिकामा ८, शितगंगा नगरपालिकामा २, पाणिनी गाउँपालिकामा १, र छत्रदेव गाउँपालिकामा १ रहेका छन् । यससँगै अर्घखाँचीमा सक्रिय संक्रमितको संख्या ३५७ रहेको छ ।