६ आश्विन २०८१, आइतबार
विवादमा उपप्रधानमन्त्री महतो

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे नेपाल पक्षद्वारा प्रधानमन्त्री ओलीसँग जवाफ माग

प्रकाशित मिति :  5 June, 2021 9:23 pm


काठमाडौं । बहुराष्ट्रिय राज्यको प्रसंग निकालेपछि उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो विवादमा ताएिका छन् । उनको अभिव्यक्तिलाई लिएर विरोध सुरु भएको छ ।

विभिन्न दलका नेताहरुले उक्त अभिव्यक्तिप्रति विरोध जनाउँदै धारणा सार्वजनिक गर्न सुरु गरेका छन् । नेकपा एमालको नेपाल पक्षका १५ जना स्थायी कमिटी सदस्यले संयुक्त विज्ञप्ति निकालेर महतोको अभिव्यक्तिको विरोध गरेका छन् ।

१५ जना स्थायी कमिटी सदस्यले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ,“प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानासाथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ।”

यस्ता अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्धमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पक्षले यो कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुननसक्ने भन्दै उपप्रधानमन्त्री महतोको संविधान विरोधी उक्त अभिव्यक्तिबारे स्पष्ट पार्न प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !