५ आश्विन २०८१, शनिबार

बरकिनो फासोमा बन्दुकधारीको आक्रमणमा १३२ जना भन्दा धेरैको मृत्यु

प्रकाशित मिति :  6 June, 2021 8:44 am


काठमाडौं । बरकिनो फासोमा बन्दुकधारीको आक्रमणमा १३२ जना भन्दा धेरैको मृत्यु भएको छ ।

मासिनेमा ७ जना बालक समेत रहेका छन् । बरकिनोको सरकारले पछिल्लो वर्षमा भएको यो सबैभन्दा ठूलो आक्रमण भनेको छ ।

रातीको समयमा बन्दुकधारीले याघा प्रान्तको सलेह क्षेत्रको सोलान गाउँमा आक्रमण गरेका थिए । आक्रमणका क्रममा उनीहरुले कैयौ घर तथा स्थानीय बजारमा आगो लगाएइदिएका छन् ।

अहिलेसम्म कुनैपनि चरमपन्थी समूहले आक्रमणको जिम्मा नलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, पछिल्लो वर्षमा देशको सीसावर्ती क्षेत्र खास गरेर नाइजेरिया तथा मालीसँग जोडिएका क्षेत्रमा चरमपन्थी समूहको आक्रमण बढिरहेको छ ।

संयुक्त राष्ट्र संघ प्रमुख एन्टोनियो गुटरेशले उक्त आक्रमणको निन्दा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !