२७ औं वार्षिकोत्सवको अवसरमा नेपाल बङ्गलादेश बैंकद्वारा ७० लाख रुपैयाँ बराबरको सहयोग प्रदान
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो २७ औं वार्षिकोत्सवको अवसर पारेर ६६ लाख रुपैयाँ बराबरको भयल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ ।
हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्यलाई रोक्न ६६ लाख रुपैयाँ बरारबरको २५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको हो ।
यस्तै बैंकले सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनटे«टर खरिद गर्ने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त यस बैंकले २०५१ साल जेठ २३ गते अर्थात आजकै दिन नेपाल बङ्गलादेश बैंकले आफ्नो बैकिङ्ग कारोबार शुभारम्भ गरेको थियो । नेपाल बङ्गलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो ।
यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आइएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकहरुलाई बैकिङ्ग सुबिधा दिदैं आएको छ ।
अत्याधुनिक बैकिङ्ग सुबिधाहरु दिनुको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको बैंकले जनाएको छ ।
आफ्नो वार्षिकोत्सवको अवसरमा बैंकको २७ बर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिने ग्राहक, शुभचिन्तक, शेयरधनी, नियामक निकाय एवं साझेदार संस्थाहरुमा बैंकले धन्यवाद व्यक्त गरेको छ ।
आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै ग्राहक महानुभावहरुको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्धता पनि बैंकको छ ।