७ पुस २०८१, आइतबार

विश्वका १२५ देशमा ३२ लाख नेपाली‌, भारतमा झन्डै १० लाख

प्रकाशित मिति :  6 June, 2021 12:38 pm


काठमाडौं । विश्वका १२५ देशमा ३२ लाख नेपालीहरू रहेको र तीमध्ये ६ लाख नेपाली काेभिड-१९ जनित संकटका कारण नेपाल फर्कने अवस्थामा रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार गत वर्षको को पाँच महिने लकडाउनका अवधिमा भारतबाट ३ लाख ६६ हजार १५३ जना र अन्य मुलुकबाट ३७ हजार ४२४ जना ‌र ४ लाख नेपाली स्वेदश फर्केका थिए ।

प्रतिवेदनले कोभिड-१९ जन्य संकटका कारण ६ लाख १८ हजार ७०० नेपाली नेपाल फर्कन चाहेको र तीमध्ये ३ लाख ६० हजार नेपाली तत्कालै नेपाल फर्कने अवस्थामा रहेको देखाएको छ ।

अध्ययनअनुसार भारतमा सबैभन्दा बढी ९ लाख ७८ हजार, त्यसपछि कतारमा ३ लाख ६० हजार, मलेसियामा ३ लाख २५ हजार, साउदी अरबमा ३ लाख २० हजार, यूएईमा २ लाख ७५ हजार नेपाली छन् ।

यसैगरी, अमेरिकामा २ लाख ५ हजार १८७ जना, बेलायतमा १ लाख ५० हजार, जापानमा ९२ हजार ८ सय, अस्ट्रेलियामा ८० हजार, कुबेतमा ६९ हजार ६ सय  र क्यानडामा ५० हजार नेपाली रहेको योजना आयोगको अध्ययनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !