४ माघ २०८१, शुक्रबार

अब सामाजिक सुरक्षा कोषमा ‘खल्ती’ डिजिटल वालेटबाट पनि सिधै भुक्तानी गर्न सकिने

प्रकाशित मिति :  6 June, 2021 2:22 pm


काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध भएका संस्थाहरूले ‘खल्ती’ डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् ।

खल्तीले हरेक भुक्तानीलाई डिजिटलाइज गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेलले जानकारी दिए ।

खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अब सामाजिक सुरक्षा कोषमा सरकारी र निजि कार्यालयमा कार्यरत कर्मचारीहरुले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेट बाट सजिलै भुक्तानी गर्न सक्नेछन् । उक्त रकम हरेक महिनाको १५ गते भित्र भुक्तानी गरिसक्नु पर्ने हुन्छ । नतिरेको अबस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दावी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्नेछ ।

उक्त सेवा संचालनमा आएपछि खल्तीबाटै कोषमा रकम जम्मा गर्न व्यक्ति तथा संगठित संस्थाहरूलाई सहज हुने अपेक्षा गरेको भुर्तेलले   भने ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको रकम संकलन गर्ने सन्दर्भमा खल्ती सँग छोटो समयमा गरिएको सहकार्यले सत्तहत्तरै जिल्लामा छरिएर रहेका कर्मचारीहरुलाई चौबिसै घण्टा रकम जम्मा गर्ने सुविधा हामिले दिन पाएकोमा खुशि भएको बताए ।

‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !