६ आश्विन २०८१, आइतबार

सत्तामा उक्लियो कांग्रेस, कर्णाली प्रदेशमा दुई मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

प्रकाशित मिति :  6 June, 2021 3:58 pm


सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । सत्ता साझेदार दल नेपाली कांग्रेसको भागमा रहेका दुई मन्त्रालय विभिन्न कारणले करिब दुई महिनादेखि खाली थिए ।

कांग्रेसबाट मन्त्री बनेका दीनबन्धु श्रेष्ठले जलस्रोत तथा यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको रुपमा आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण गरेसँगै कांग्रेस झण्डै सवा ३ वर्षपछि सत्तामा फर्किएको छ । २०७४ मा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनावपछि कांग्रेस सत्तामा गएको थिएन ।

अब कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्यमा मुख्यमन्त्री शाही नेतृत्वमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपाली, आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा, जलस्रोत तथा ऊर्जा विकासमन्त्री श्रेष्ठ र सामाजिक विकासमन्त्री बिसी रहेका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !