अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु
प्रकाशित मिति : 6 June, 2021 5:59 pm
अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर–१२, पिरापानीका ४७ वर्षीय विष्णु गैरेको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए ।
आफ्नै घरमा रहेको कुटानी–पिसानी मिल सरसफाई गर्ने क्रममा करेन्ट लागेर घाईते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।