७ आश्विन २०८१, सोमबार

प्रदेश २ मा जसपा ठाकुर पक्षका ४ मन्त्री हटाइए

प्रकाशित मिति :  6 June, 2021 10:41 pm


काठमाडौं । प्रदेश २ मा चार मन्त्री बर्खास्तीमा परेका छन् । केन्द्रमा जनता समाजवादी पार्टीको एउटा पक्ष सरकारमा सहभागि गएपछि उपेन्द्र यादव पक्षले प्रदेश २ मा ४ मन्त्रीलाई बर्खास्त गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले जितेन्द्र सोनल,डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन्  । चारै जना अध्यक्ष महन्थ ठाकुर पक्षका हुन्। मुख्यमन्त्री राउत अर्का यादव पक्षका हुन्।

 



प्रतिक्रिया दिनुहोस !