१२ मंसिर २०८१, बुधबार

कोभिड १९ माहामारीपछि भारतमा स्टील तथा सिमेन्ट उद्योगमा सुधार

प्रकाशित मिति :  7 June, 2021 9:07 am


नयाँ दिल्ली । भारतमा गत बर्ष कोभिड १९ माहामारीले प्रभाव परेका स्टील तथा सिमेन्ट व्यावसायहरुको पुनरुत्थान भईरहेको छ । भारतमा स्टील तथा सिमेन्ट व्यावसाय लयमा फर्कीरहेको बेला चालु आर्थिक बर्षको अन्तिम चार महिनामा स्टील कम्पनीहरु थप नाफामा जाने आंकलन गरिएको छ । स्टील तथा सिमेन्ट उद्योग क्षेत्रको आर्थिक वृद्धिदर बारे केयर सुचांकले रिपोर्ट सार्वजनिक गरेको हो ।

चालु आर्थिक बर्षको पहिलो चार महिनामा भारी गिरावट आएको स्टील व्याबसाय दोस्रो चार महिनामा भने सुधार भएको बताईएको छ । स्टील तथा सिमेन्ट उद्योगको आगामी आर्थिक बर्षमा थप १३ प्रतिशतले यो दशककै सबैभन्दा धेरै आर्थिक वृद्धि हुने पनि प्रक्षेपण गरिएको छ । स्रोत टेलिग्राफ ईन्डीया



प्रतिक्रिया दिनुहोस !