१२ मंसिर २०८१, बुधबार

पाकिस्तानमा दुई रेल आपसमा ठोक्किदा कम्तिमा ३२ जनाको मृत्यु

प्रकाशित मिति :  7 June, 2021 10:23 am


काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तको डहरकी नजिकै रेल आपसमा ठोक्किदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।

६४ जना घाइते भएको पाकिस्तानी जिओ टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ । सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेस रेल आपसमा ठोक्किएका हुन् ।

आज बिहानै भएको दुर्घटनामा थप मानिसको मृत्यु हुन सक्ने आँकल पाकिस्तानी सञ्चार माध्यमको अनुमान छ । दुर्घटनामा गम्भीर घाइते भएकालाई उपचारका लागि अस्पताल पुराइएको छ ।

मिल्लत एक्सप्रेस कराचीबाट सरगोधा र सैयद एक्सप्रेस रावलपिण्डीबाट कराची जाँदै थिए । दुर्घटनापछि रेलको आवतजावत अवरुद्ध भएको छ ।



प्रतिक्रिया दिनुहोस !