१० मंसिर २०८१, सोमबार

एनआईसी एशिया बैंकको अनलाईन खाता खोल्ने प्रतियोगिता, भाग्यमानी ग्राहकलाई आईफोन-१२ उपहार

प्रकाशित मिति :  7 June, 2021 12:25 pm


काठमाडौं। एन आई सी एशिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा अनलाईन खाता खोल्ले प्रतियोगिता सार्वजनिक गरेको छ ।

जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरू मध्ये सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनालाई जनही ५० हजार नगद जित्ने मौकाको अफर ल्याएको छ।

‘अनलाईन खाता खोल्ने’ प्रतियोगिताका लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ । यस प्रतियोगितामा सहभागी हुनका लागि बैंकले जारी गरेका पाँचवटा मापदण्ड अनिवार्य रुपमा पुरा गरेको हुनुपर्ने सर्त राखेको छ ।

यस प्रतियोगिता अवधिभर हरेक साता दुई/दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक/एक वटा स्मार्टवाच प्रदान गर्ने बैंकले जानकारी दिएको छ । सो उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्नुहुने एकजना भाग्यमानी ग्राहकले उपहार स्वरुप आइफोन–१२ हात पार्ने छन् ।

‘भिडियो च्यालेन्ज’ का लागि भने युटुबमा भिडियोहरू अपलोड गर्ने युट्युवरले बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्ने छन् ।

सहभागी भएका भिडियोहरू मध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही ५० हजारकार का दरले नगद पुरस्कार प्रदान दिने बैंकले जानकारी दिएको छ ।

यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस !