७ आश्विन २०८१, सोमबार

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति प्रचण्डको आपत्ति

प्रकाशित मिति :  7 June, 2021 1:22 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवाद गरेका छन् ।

नेकपा एमाले एकताबद्धताका लागि हिजो अबेर आव्हान गर्दै निकालेको विज्ञप्तिमा ओलीले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्युँताएपछि पनि आफूले एकताको प्रयास गर्दा समेत प्रचण्डको कारण हुन नसकेको दाबी गरेका थिए ।

ओलीले उनले भनेका थिए,“ एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो । र यसका लागि समय पनि दिएको हो पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफै पहल पनि लिएको हुँ तर पुष्पकमल दहाल ‘प्रचण्ड’ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन ।”

उक्त भनाई पडयन्त्रपूर्ण भएको प्रचण्डको भनाई छ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले भनेका छन्,“प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !