बुटवलमा कोरोना संक्रमित एक जनाको मृत्यु
प्रकाशित मिति : 7 June, 2021 1:35 pm
रुपन्देही । बुटवलमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत ६७ वर्षीय पुरुषको निधन भएको हो । जेठ १४ गते कोरोना पोेजेटिभ देखिएपछि उनी १५ गते अस्पतालमा भर्ना भएका थिए ।
बुटवल उपमहानगरपालिका –४ घर भएका पुरुषको उपचारकै क्रममा आज बिहान ७ः४५ मा निधन भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।