४ माघ २०८१, शुक्रबार

सर्वोच्चले भन्यो, ‘इकमर्श व्यवसाय गर्न नरोक्नू’

प्रकाशित मिति :  7 June, 2021 6:40 pm


काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा अनलाइन माध्यमबाट हुने कारोबार (इकर्श) लाई नरोक्न सरकारकोनाममा अन्तरिम आदेश जारी गरेको छ ।

सवोच्चले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइ दायर गरिएको उत्प्रेषणको रिटमाथि अन्तरिम आदेश जारी गर्दै इकर्श व्यवसायको पक्षमा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा सामाजिक दूरी, मास्क, स्यानिटाइजर, डिस्इन्फेक्ट र पीपीई लगायतका स्वास्थ्य मापदण्ड पूरा गरी भौतिक दूरी कायम गर्दै अत्यावश्यक वस्तुको होम डेलिभरी गर्दा भीडभाड नहुने भएकाले इकर्श सेवा प्रदान गर्ने कम्पनीलाई अर्को आदेश जारी नभएसम्म सेवा प्रदान गर्न नरोक्न भनिएको छ ।

पछिल्ला दिनहरुमा निषेधाज्ञाका नाममा इकर्श व्यवसायलाई पनि सुरक्षाकर्मीले रोक्न थालेपछि अधिवक्ता सुभाष पाठक, आवेश अधिकारी, सागर पौडेल, कृष्ण पाल, रक्षा सिंहसमेतले दायर गरेको रिटमाथि न्यायधिस सपना प्रधान मल्ल र डा. कुमार चुडालले अन्तरिक आदेश जारी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !