७ आश्विन २०८१, सोमबार

रोल्पामा नेपाली कांग्रेसद्वारा कोभिड संक्रमितलाई निःशुल्क पौष्टिक आहार कार्यक्रम सञ्चालन

प्रकाशित मिति :  7 June, 2021 7:35 pm


रोल्पा । रोल्पामा नेपाली कांग्रेसले कोभिड संक्रमितका लागि निःशुल्क पौष्टिक आहार कार्यक्रम सञ्चालन गरेको छ ।

पूर्व राज्यमन्त्री एवम् नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनको पहलमा नेपाली काँग्रेस रोल्पाले रोल्पा अस्पतालमा कोभिड संक्रमितका लागि निःशुल्क पौष्टिक आहार कार्यक्रम सुरु गरेकोहो ।

नेपाली कांग्रेस रोल्पाकी प्रवक्ता कविता उपाध्यायको उपस्थितिमा आज कार्यक्रमको सुरुवात गरिएको छ । कार्यक्रमको शुभाराम्भ गर्दै प्रवक्ता उपाध्यायले कोभिडका संक्रमितलाई केही भएपनि राहत होस् भन्ने अभिप्रायले कार्यक्रम सुरु गरेको बताइन् ।

रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शभ्भु काफ्लेले खाजा कार्यक्रमबाट बिरामीलाई प्रत्यक्ष लाभ हुने बताउदै खुशी ब्यक्त गरे । संक्रमितका लागि बिहान साझ अस्पतालले निःशुल्क खानाको व्यवस्थापन गरेपनि आर्थिक अवस्था कमजोर हुने बिरामीका लागि पौष्टिक आहार व्यवस्थापनले थप मद्दत पुग्ने कांग्रेस रोल्पाले विश्वास लिएको छ ।

पूर्व राज्यमन्त्री एवम् सभापति पुनले कांग्रेसले आफ्नै खर्चमा कोभिड बिरामीहरूका पौष्टिक आहार कार्यक्रम सुरु गरेको जानकारी दिए । सभापति पुनले कोभिडको नियन्त्रण र व्यवस्थापनमा सबै तह तप्काका सरोकारवालाहरूलाई सहयोगको लागि हातेमालो गर्न अपिल गरेका छन् ।

कोभिडले धेरैको दैनिकीमा जटिल समस्या ल्याएकोले आर्थिक कमजोर भएका संक्रमितहरूको निः शुल्क उपचारको प्रबन्ध गरी सम्पूर्ण नागरिकका लागि कोभिड खोप यथाशीघ्र व्यवस्थापन गर्न सभापति पुनले सरकारसँग माग गरेका छन् ।

अस्पतालका निमित्त प्रमुख डा. प्रकाश बुढाले रोल्पामा नयाँ कार्यक्रमको सुरुवात गरेकोमा धन्यवाद दिदै कार्यक्रमको दिगोपनमा ध्यान दिन अनुरोध गरे । दैनिक फरक फरक किसिमको पौष्टिक आहारको व्यवस्थापन गरिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !