५ आश्विन २०८१, शनिबार

भारतमा ६३ दिनपछि २४ घण्टाभित्र कारोना संक्रमित हुनेको संख्या १ लाख भन्दा कम

प्रकाशित मिति :  8 June, 2021 9:52 am


काठमाडौं । भारतमा ६३ दिनपछि २४ घण्टाभित्र कारोना संक्रमित हुनेको संख्या १ लाख भन्दा कममा झरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार १८ लाख ७३ हजार जनामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ८६,४९८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । त्यस्तै २,१२३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणको दर कम भएको देखिएको छ ।

सक्रिय संक्रमितको संख्यापनि १३ लाख ३ हजारमा झरेको छ । भारतमा अहिलेसम्म २६ करोड ८२ लाख जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमण घट्दैगएपछि लकडाउनपनि खुकुलो बनाउन सुरु गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !