७ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री ओलीका सल्लाहकारले भने,‘नेपाल पक्षको शर्त स्वीकार गरेर अब एकता हुँदैन’

प्रकाशित मिति :  8 June, 2021 10:06 am


काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल पक्षको शर्तलाई स्वीकार गरेर एकता नहुने प्रष्ट पारेका छन् ।

माधव नेपाल पक्षले ओलीको छ बुँदे प्रस्तावमा हिजो जवाफ दिँदै पार्टी संगठनलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने लगायतका माग राखेपछि अब यसरी एकता नहुने थापाको भनाई छ ।

उनले भनेका छन,“ माधव कु. नेपालका शर्त स्वीकारेर त एकता हुँदैन । यी शर्तमा नेपाल गुटसँग होइन,देउवाको काँग्रेससँग बरू एकता होला ।”

सल्लाहकार थापाले तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ भन्दै ल्याङल्याङ अति भयो ! भनेका छन् । सल्लाहकार थापाले भनेका छन्,“अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असंभव कोशिस छोडौं ।”



प्रतिक्रिया दिनुहोस !