७ आश्विन २०८१, सोमबार

सुदूरपश्चिममा पनि माओवादी केन्द्रलाई नेपाल पक्षको साथ,भट्ट नेतृत्वको सरकारलाई विश्वासको मत

प्रकाशित मिति :  8 June, 2021 12:39 pm


कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रको सरकारले विश्वासको मत प्राप्त गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मतका लागि गरेको प्रस्तावमा उनले समर्थन पाएका हुन् ।

मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिएका थिए । तर माधव नेपाल पक्षले भट्टलाई समर्थन गरेपछि सरकार जोखिएको हो ।

प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीलाई ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत प¥यो । यस्तै काँग्रेसमा १२ सांसद मतदान प्रक्रियामा सहभागि भएनन् ।

आवश्यक परे मतदान गर्ने निर्णय गरेको कांग्रेसले मुख्यमन्त्रीको पक्षमा विश्वासको मत पुग्ने भएपछि मतविभाजन प्रक्रियामा सहभागिता जनाएन ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । आज ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए ।

केन्द्रमा विवाद बढिरहेका बेला र एकताका लागि कसरत भइरहेका बेला सुदूरपश्चिममा पनि माधव नेपाल पक्षले माओवादी केन्द्रलाई समर्थन गरिदिएको छ । यसअघि कर्णाली प्रदेशमा पनि माधव नेपाल पक्षकै मतदानका कारण माओवादी केन्द्रको सरकार जोगिएको थियो ।

प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल रहेको एमालेका २५ सांसद भएपनि ओली पक्षीय ७ जनामात्र थिए ।

एमालेको नेपाल पक्षले भने वर्तमान सरकारमै सत्ता साझेदारी गर्दै आएको छ । यसअघि एमाले प्रदेश कमिटीले सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको थियो तर त्यसको उल्लघंन गर्दै बहुमतमा रहेको माधव नेपाल पक्षले विश्वासको मत दिएको   हो ।



प्रतिक्रिया दिनुहोस !