७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

प्रकाशित मिति :  8 June, 2021 12:50 pm


रुपन्देही । लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । दिउँसो ४ बजे प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी आर्थिक वर्ष २०७८/ ७९ को नीति कार्यक्रम सार्वजनिक गर्दैछन् ।

हिजो बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले नीति कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले नीति तथा कार्यक्रमले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

त्यस्तै कोरोना नियन्त्रण र त्यसबाट प्रभावित क्षेत्रलाई राहत दिने गरी नीति कार्यक्रम ल्याउने सरकारको तयारी छ । लुम्बिनी प्रदेशमा प्रदेश सरकार अल्पमतमा रहेको भन्दै विपक्षी गठबन्धनले विरोध गरिरहेका छन् ।

आफूहरुसँग बहुमत रहेको भन्दै नीति तथा कार्यक्रम र बजेट पारित हुन नदिने कसरत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !